Sunday, June 28News That Matters

झापामा हात्तीको आक्रमणबाट दुई घाईते

पूर्णपुष्टि,चैत्र ४

जङ्गली हात्तीले आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएको प्रहरीले जनाएको छ । इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली घाईते भएको हो ।

घाईतेहरु मध्य खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनको हात र छातीमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा छन् भने डोली सामान्य घाइते भएको प्रहरीले जनाएको छ  । उनीहरू दुवै श्रमिक हुन् ।

आज बिहान ७ बजे गाउँमा पसेको हात्ती धपाउने क्रममा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ ।