
पूर्णपुष्टि,चैत ४
एक नेपाली महिलालाई भारतको राजधानी नयाँ दिल्लीमा आज गोली हानी हत्या गरिएको छ । उत्तरी दिल्लीको तिमारपुरमा बसोबास गर्दै आएकी ४५ वर्षीया मीना नाम गरेकी महिलालाई मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी हत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान ७ बजेतिर मीनामाथि उक्त आक्रमण भएको थियो । दिल्लीका वरिष्ठ प्रहरी अधिकारीले आक्रमण गर्ने मनिसहरु मोटरसाइकलमा भागेको र मीनालाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको बताउनुभयो ।
मीना नयाँ दिल्लीमा पानी, न्याक्स र कोल्ड ड्रिंक्सको व्यापार गर्दै आएकी थिइन् ।
विभिन्न टोली बनाएर आक्रमणकारीको खोजी गरिरहेको प्रहरीले बताएको छ ।

