Friday, May 22News That Matters

२ जना डीआईजीलाई कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, साउन ३२

नेपाल प्रहरीका दुई जना डीआईजीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई डीआईजीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

सङ्क्रमित डीआईजीको प्रहरी अस्पतालमा उपचार भइरहेको जनाईएको छ । अहिलेसम्म देशभर तीन सय ८० जना प्रहरीलाई कोरोनाको सङ्क्रमण भईसकेको छ भने दुई सय ४० जना उपचारपछि निको भएका छन् ।