
मोरङ, श्रावण ३२
मोरङको बिराटनगरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ मा रहेको पोखरीमा डुबेर १६ बर्षीय बालकको मृत्यु भएको हो ।
आज बिहान सवा ९ बजे स्थानिय माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका बिराटनगर महानगरपालिका–१५ का १६ बर्षीय बिशाल चौधरीको खोजतलास गर्ने क्रममा दिउँसो सवा १ बजे सोही पोखरीमा मृत अवस्थामा फेला पारेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
