Friday, May 22News That Matters

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

पूर्णपुष्टि, साउन ३२

भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय ५० जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार ९९ पुगेको वल्ड्रोमिटरले जनाएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म ४९ हजार ९ सय ८० जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको छ ।

त्यस्तै सङ्क्रमित धेरै भएका देशको सूचीमा तेस्रो स्थानमा रहेको भारतमा सङ्क्रमितको सङ्ख्या २५ लाख ९० हजार नाघेको छ । उक्त संक्रमित मध्ये १८ लाख ६२ हजार जना उपचारपछि निको भएका छन् ।

अहिले विश्वका विभिन्न देशमा गरी कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड १६ लाख नाघेको छ । जसमध्ये १ करोड ४३ लाख उपचारपछि निको भएका छन् भने ७ लाख ६८ हजारको मृत्यु भएको छ ।