Monday, June 29News That Matters

दुधकुण्डसहित अन्य पोखरी फुट्ने संभावना छैन

पूर्णपुष्टि, साउन ३२

सोलुखुम्बुको दूधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने संभावना नरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले निश्कर्षसहितको प्रतिवेदन सार्वजानिक गरेको छ ।

गत साउन २३ गते बिहान दूधकुण्ड ताल मुहान भएर बग्ने सोलु खोलामा पानीको बहाव बढ्नुको आधिकारिक कारण खोज्न त्यस क्षेत्र पुगेको प्रहरी टोलीको स्थलगत अध्ययनपछि तत्काल ताल फुट्ने संभावना नरहेको प्रतिवेदन सार्वजानिक गरिएको हो ।

दूधकुण्ड तालदेखि उत्तरतिर करिब २० किलोमिटरको दुरीमा रहेको चोकर्मा पोखरी फुट्दा खोलामा पानीको बहाव बढेको प्रहरीले पुष्टि गरेको छ । निरन्तर पानी परेपछि पोखरीमा बहाव बढेको र पश्चिमतर्फ कमजोर भएकाले ४ मिटर भाग कटान गरी फुटेको प्रहरीले जनाएको छ ।

गत साउन २२ गते पानीको बहाव बढेपछि पोखरी फुटेको भन्दै स्थानीयले तत्काल स्थलगत अध्ययन गर्न माग गरेका थिए ।