
मोरङ, असार १२
मोरङको बिराटनगर महानगरपालिका–१५ रानीबाट २ लाख भारतिय रुपैयाँ सहित १ महिला पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो पौने ५ बजे बिराटनगर महानगरपालिका–१७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई ५ सयको भारतिय नोट ४ सय थान गरी २ लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।
भारतिय रुपैयाँ सहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
