पूर्णपुष्टि, कार्तिक २३ गते ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ अधेरीमा दुई वर्षीया बालिकाको हत्या गरिएको छ । ३७ वर्षीय राजेन्द्र राईले सोमबार राती आफ्नै छोरी रितिका राईको घाँटी थिचेर हत्या गरेको हो । मदिरा सेवन गरी घर आएका राईले बादविवादपछि श्रीमतीलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए । यसक्रममा उनले नाबालिका छोरीलाई पनि खुकुरी प्रहार गरेका हुन् ।
राईले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको जिल्ला प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए । घाइते दुवैको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ ।
