Wednesday, August 5News That Matters

धारिलो हतियार प्रहार गरि ज्येष्ठ नागरिकको हत्या

पूर्णपुष्टि, कार्तिक २३ गते ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ गैरीगाउँका एक ज्येष्ठ नागरिकको धारिलो हतियार प्रहार गरि हत्या गरिएको छ । आज बिहान ६२ वर्षींय भगिश्वर लिम्बुको हत्या ४० वर्षीय तेजबहादुर लिम्बुले गरेका हो ।
बिहान उठेर घरमा बसिरहेका बेला तेजबहादुरले पछाडिबाट धारिलो हतियारले आक्रमण गरेको प्रहरीले बताएको छ ।
आक्रमण पछि स्थानीयवासी भगीश्वरको उद्धारका लागि पुगेका थिए तर त्यसबेला उनको मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।
प्रहरीले ओरोपित तेजबहादुरलाई नियन्त्रणमा लिएको छ । नाताले भगिश्वर तेजबहादुरको काका हुन् । प्रहरीका अनुसार तेजबहादुरको मानसिक सन्तुलन ठीक छैन ।