Wednesday, August 5News That Matters

सानिमा बैंक गाईघाट शाखाबाट छात्रवृतिको लागि २ जना छनौट

पूर्णपुष्टि, कार्तिक २४ गते ।
सानिमा बैंक गाईघाट शाखाबाट त्रियुगा नगरपालिका भित्रका दुई जना विद्यार्थीलाई शैक्षिक छात्रवृतिको लागि छनौट गरिएको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १० बोक्सेका उत्सव खत्री र वडा नं. ६ लालपत्ताकी शान्ता कुमारी कार्कीलाई बैंकले छात्रवृतिको लागि छनौट गरेको हो ।
बुधबार बैंकको बैठक बसि उनीहरु दुवैलाई सर्वसहमतिले छनौट गरिएको छ । नगर भित्रका स्थायी बासिन्दाहरुबाट सम्पूर्ण रित पुगेका निबेदकहरु मध्ये गरीब जेहेन्दा विद्यार्थी छनौट प्रक्रिया अन्तर्गत पर्न आएका निबेदकहरुको अन्तरर्वाता तथा अन्य विवरणको अध्ययन र विश्लेसणको आधारमा दुवै जना छनौटमा परेका हुन् ।