Wednesday, May 6News That Matters

२ वर्षीय बालकको डुबेर मृत्यु

झापा/भदौ १ गते ।

झापाको विर्तामोडमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । विर्तामोड नगरपालिका – ३ विरात पोखर निबासी रोशन बेसराको छोरा २ वर्षीय अजित बेसराको डुबेर मृत्यु भएको हो ।

दिउँसो पौने ४ बजे खेल्ने क्रममा घर नजिकै रहेको खोलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथै प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।