
पूर्णपुष्टि, बैशाख २ गते ।
उदयपुरको दुई सामुदायीक वन उपभोक्ता समूहले संयुक्त रुपमा राहत वितरण गरेको छ । त्रियुगा नगरपालिका–७ स्थित कौवाई र पश्चिम खहरे सामुदायीक वन उपभोक्ता समूहले मंगलबार संयुक्त रुपमा राहत वितरण गरेको हो ।
उक्त सावउले एक सय ९९ सय घरधुरीलाई चामल, दाल, तेल र नुन राहत वितरण गरेको हो । कौवाईको ९४ र पश्चिम खहरेको एक सय पाँच घरधुरीलाई राहत वितरण गरेको कौर्वाइ सवउसका सचिव राजकुमार कार्कीले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ उदयपुर र उदपयुरका दुबै वन डिभिजन कार्यालयको समन्वयमा राहत वितरण कार्यक्रम जिल्लामा अगाडि बढेको छ । वन समुहले आफ्नो परिवारभित्र राहत वितरण गरेको हो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्बिका प्रसाद पौडेल, वन महासंघका जिल्ला अध्यक्ष कुशलबाबु बस्नेत, वडाध्यक्ष भिमबहादुर पुलामी लगायतको उपस्थिति रहेको थियो ।
फोटो फिचर

