३० औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिकहिंसा विरुद्धको अभियान विश्वभर भोलीबाट सुरु हुदैँ

पूर्णपुष्टि, मंसिर ८
३० औँ अन्तराष्ट्रिय १६ दिने लैंगिकहिंसा विरुद्धको अभियान विश्वभर भोलीबाट सुरु हुदैँ छ । हरेक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बर सम्मको १६ दिनलाई महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानका रुपमा विश्वभर मनाउदैँ आएको हो ।
लोकतन्त्र पश्चात् नेपालमा पनि यो अभियानलाई १६ दिन सम्म मनाउने गरिएको छ । महिला माथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यतालाई स्थापित गर्दै सोहि अनुरुप कार्य गर्न देश तथा संयुक्त राष्ट्र संघिय निकायहरुलाई आह्वान गर्ने उद्देश्यले यो अभियान अन्तर्गत १६ दिन सम्म समुदाय देखि सबै तह सम्म विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ । प्रत्येक वर्ष झंै यस वर्ष पनि महिला हिंसा अन्त्यका लागि भईराखेका प्रयासहरू प्रति ऐक्यबद्धता जनाउँदै समुदायस्तरदेखि राष्ट्रिय स्तरसम्म विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको ओरेक नेपालको कार्यकारी निर्देशक लुभराज न्यौपाने बताउनुभयो ।
ओरेक नेपालले सन् २००८ देखि नै देशभरबाट महिला माथि हुने हिंसाका घटनाहरुको अभिलेखिकरण गरि महिला हिंसा विरुद्धको वर्ष पुस्तक“अन्वेषी”महिला हिंसा विरुद्धको दिवस २५ नोभेम्बर को दिन हरेक वर्ष प्रकाशन गर्दै आएको छ । यस वर्ष पनि विगतको वर्षहरुमा जस्तै महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषीे” राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षज्यूको प्रमुख आतिथ्यमा विमोचन कार्यक्रम आयोजना गरिएको न्यौपानेले जानकारी दिनुभयो ।
“घरैदेखि शुरु गरौं, महिला विरुद्धको हिंसाअन्त्य गरौं” भन्ने मूल नाराका साथ माईतिघर मण्डला देखिनयाँ बानेश्वर सम्म र्यालीमा ब्यानर तथा प्लेकार्डसहित लैंगिकहिंसा विरुद्धको पहिलो दिनको सुरुवात गरिने ओरेक नेपालले जनाएको छ । अभियानको अवसरमा लैंगिक समानता तथा महिला अधिकारका सबालमा कार्यरत तथा सरोकार राख्ने संघसंस्थार व्यक्तिहरुको सहभागितामा प्रदर्शन तथा कार्यक्रम गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: