पूर्णपुष्टि, कात्तिक २ गते ।
गाईघाट -उदयपुरको मुख्य लागुऔषध कारोवारी पक्राउ गरी कारवाही चलाइरहेको जिल्ला प्रहरीले जुवाजन्य गतिविधिमा पनि विशेष निगरानी बढाउने क्रममा ठूलो संख्यामा जुवाडे र ठूलै मात्रामा नगद तथा तास, कौडा बरामद गरेको छ । प्रहरीले बुधबार ३० जना जुवा खेलिरहेका व्यक्तिहरु र ३ लाख ५८ हजार ९८० रुपैया नगद बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टकै कमाण्डमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ बाट २० जना जुवा खेलिरहेको व्यक्तीहरु पक्राउ गर्नुका साथै २ लाख ७२ हजार ९८० रुपैया नगद बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा त्रिनपा ८ का हरि बस्नेत, वडा नं. ११ का उदयकुमार कार्की, सुमन्त कोइराला, विएन राई, रमेश बुढाथोकी, दिपन राई, टामेन्द्र राई, डम्बर राई, भविन्द्र खत्री, राजु तुलाधर, चुडामणी राई, नविन बस्नेत, वडा नं. १० का जिवन पाण्डे, रामकुमार श्रेष्ठ, राम खड्का, किरण पाण्डे रहेका छन् । त्यस्तै वडा नं. ५ का पृथ्वी राई, वडा नं. २ का विस्वा राई, सुनिल राई र वडा नं. १२ का चक्रबहादुर राई रहेका छन् । साथै कौडा ३२ थान, मोवाईल २१ थन, तास ६८७ पिस, जुवामा पैसाको रुपमा प्रयोग गरिने क्वाईन ५० लेखिएको ३० थान, १०० लेखिएको २९ थान र चेक १ ठेली बरामद गरेको छ ।
त्यसैगरी बुधबार नै रौतामाई गाउपालिका ७ मुर्कुची बजारमा अन्य १० जना जुवा खेलिरहेका व्यक्तिहरु पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा रौता गापा ७ का भीमबहादुर मगर, धर्म तामाङ, सविन आले, नारायण राय, अनिल थापा, रौता गापा ८ का टंकबहादुर मगर, त्रिनपा ७ का जगत मगर, त्रिनपा १६ का उपेन्द्र मगर, देव बहादुर मगर र खड्गबहादुर मगर रहेका छन् ।
प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी सहायक निरिक्षकको नेतृत्वको टोलीले उनीहरुको साथबाट ८६ हजा नगद, कौडा १६ थान बरामद भएको प्रहरीले जनाएको छ ।