
बिक्रम राई
उदयपुर चैत्र/१५
उदयपुरमा सञ्चालित महिला हिंसा सम्बन्धि ३ दिने मोवाईल पत्रकारीता ( मोजो ) तालिम शुक्रबार होटल हिमालयमा सम्पन्न भएको छ । संञ्चारिका समूहको आयोजना तथा, (युएनएफपीए) को सहयोगमा संञ्चालन भएको तालिम उदयपुरमा पहिलो पटक गरिएको हो ।
सञ्चारको दुनियामा छिटो र छरितो बिधिबाट जनतालाई समचार प्रवाह गर्ने मोवाई माध्यम बनेको भन्दै जुनसुकै अवस्थामा जुनसुकै ठाउँको घटनालाई तत्काल सम्प्रेशन गर्न सक्ने क्षमता बृद्धिका लागि तालिम संञ्चालन गरिएको संञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले बताईन् ।
लैङगिक हिसां अहिले समाजमा व्याप्त भएको र यसमा महिलाहरुले धरै समस्या भोगिरहेको भन्दै सञ्चारको क्षेत्रबाट कस्तो भुमिका खेल्ने भन्ने कुरालाई जोडेर मोवाईल पत्रकारीता तालिम आयोजना गरेको पनि पण्डितले बताईन् ।
तालिमले बिषेश गरी प्राविधीक प्राक्टीकलमा जोड गरेको छ । मोवाईलबाटै भिडियो, अडियो, फोटो जस्ता थुप्रै कामहरु गर्न सकिने कुरा सिकाएको छ ।
साथै भिडियो, सम्पादन, फोटो कम्पोजीसन, भिडियो फुटेज, भिडियो सुट, फोटो सुट, इन्टरभ्युउ र फोटोको प्रकारहरु बारेमा थुप्रै प्राविधिक ज्ञानहरु सहभागिहरुले सिकेका छन् ।
कार्यक्रमका प्रमुख प्रशिक्षक बिकास कार्कीले सिकेको कुरालाई पूर्ण सदुपयोग गर्न अनुरोध गरेका छन् । छोटो समयमा सबै सहभागीहरुले थुप्रै कुराहरु जानेको कुरालाई प्रसंसा गर्दै मोवाईल पत्रकारीता बाट सिकेका सबै ज्ञानहरु ब्यावहारमा लागु गर्नमा कार्कीले जोड गरेका छन् ।
पत्रकार महासंघ शाखा उदयपुरका अध्यक्ष भरत खड्काले यस तालिमबाट सहभागी पत्रकारहरु उर्जाशिल रुपमा परिवर्तन भएको बताए ।खड्काले यस्ता तालिम उदयपुरमा पहिलो पटक भएकोमो धन्यवाद ब्यक्त गर्र्दै यस्ता तालिमहरु बेला बखतमा ल्याउन समेत अनुरोध गरे। तालिममा उदयपुर, सिन्धुली, र ओखलढुङगा गरी तिन जिल्लाका पत्रकारहरु सहभागी रहेका थिए ।
३ दिने तालिमको उद्घाटन त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले गरेका थिए । जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राई, युनएफपिए को पतिनिधि चन्द्र ज्ञवाली, प्रदेश सचिव हरिकुमार राई लगाएतको उपस्थितिमा तालिमाको उद्घाटन भएको थियो ।
बुधबार देखि सुरु भएको तालिमा प्रमुख प्रशिक्षक तथा अन्नपूर्ण पोष्टका फोटा सम्पादन बिकास कार्की संञ्चारिका समूहका अध्यक्ष नितु पण्डित,र सहायक प्रशिक्षक नविन सिलवालले सहजीकरण गरेका थिए भने कार्यक्रमको म्यानेजमेन्ट एलिना सुब्बाले गरेकी थिइन् ।