
बिक्रम राई,
पूर्णपुष्टि, पुष २२
राष्ट्रिय योजनाको रुपमा रहेको उदयपुर खोटाङ जोड्ने धाप्लाङघाट पक्की पुलको काम ५ बर्ष देखि अलपत्र परेको छ । ३ बर्षमै सक्नु पर्ने उक्त पक्की पुल योजना ५ बर्ष बितिसक्दा पनि काम सुरु नभएको स्थानीयहरुले जनाए । वारी र पारी २ ठाउँमा पिलर गाड्ने काम समेत पुरा नगरी योजना अलपत्र अवस्थामा छाडिएको स्थानीयहरुको भनाई छ ।
उदयपुरको त्रियुगा नगरपालिका १४ र खोटाङ बाराहा पोखरी गाउँपालिका वडा नं २ मा जोडिने सो पुलको सिलिन्यास ५ बर्ष अगाडी प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए ।
पुल निर्माणपछि खोटाङ उदयपुरलाई यातायातमा सहज बनाउन ठुलो सहयोग पुग्ने भन्दै खुसी भएका स्थानीयहरु ५ बर्ष बितिसक्दा पनि राष्ट्रिय योजना जस्तो पुल निर्माणको काम १ प्रतिशत समेत सुरु नभएपछि निरास भएको छ ।

करिब २२ करोड हाराहारीमा पुल निर्माण योजनाको ठेक्का सोछन्द निर्माण सेवा कम्पनीले लिएका थिए । स्थानीयहरुका अनुसार सो कम्पनीका ठेकेदार जयराम लामिछाने रहेको जनाएको छ ।
उनिहरुले यो सबै काम अलपत्रको मुख्य जिम्मेवार ठेकेदार कम्पनीनै रहेको जनाएको छ । स्थानीय रुद्र बहादुर श्रेष्ठका अनुसार कामको बारेमा धेरै पटक कुरा उठाउँदा र मिडियाहरुले समेत समचार प्रकाशन गर्दा समेत ठेकेदार कम्पनीले चासो नराखेको जनाएको छ ।

अर्का स्थानीय घमान सिंह तामाङका अनुसार सो पुलले खोटाङको बिभिन्न स्थानमा आवत जावत सहज गराउने हँुदा जनताहरुले चासो दिरहेको भएपनि काम गर्ने सम्बन्धित निकायहरु मौन रहेको जनाए । तामाङले उदयपुरको स्थानीयहरुले पुल निर्माणको लागि आवज उठाईरहँदा खोटाङको स्थानीयहरुले भने उत्ति चासो नदिएको पनि जनाए ।
उक्त पुलको सिलिन्यास २०७४ सालको स्थानीय चुनाव लगत्तै भई कामको ठेक्का लागेपनि अहिले सम्म कुनै पनि काम अगाडी नबढेको स्थानीय प्रेम मगरले बताए । मगरले पुलको कामलाई सम्बन्धित क्षेत्रहरुले चासोका साथ लिएर काम अगाडी बढाउन समेत दवाव दिएको छ ।

