Friday, June 19News That Matters

३ वर्षीया बालिका करणी गरि भीरबाट खसालियो, किशोर पक्राउ

पुर्णपुष्टि, साउन ९ गते ।
तीन वर्षीया बालिकालाई जबरजस्ती करणी गरि भीरबाट खसालेको अभियोगमा दाङका एक किशोर पक्राउ परेको छ । जिलको बबई गाउँपालिका–५ खैरबट्टीका १४ वर्षीय किशोरलाई करणी गरेको आरोपमा पक्राउ प्रहरीले पक्राउ परेको हो ।
किशोरले बालिकालाई बलात्कारपछि हत्याको प्रयास समेत गरेको आरोप छ ।
प्रहरीका अनुसार ती किशोरले बालिकालाई बलात्कारपछि ५० मिटर अग्लो भिरबाट खसालेका थिए ।
बालिका खेल्न लागेको समयमा मकैबारीमा लगेर ती किशोरले बलात्कार गरेको प्रहरीको दाबी छ । बालिकालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएका ईलाका प्रहरी कार्यालय त्ुलसीपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।