४६ वर्षीया प्रीति सरोगेसी विधिबाट बनी जुम्ल्याहा बच्चाकी आमा

पूर्णपुष्टि, मंसिर २
चर्चित बलिउड अभिनेत्री प्रीति जिन्टा जुम्ल्याहा बच्चाकी आमा बनेकी छन् । ४६ वर्षीया पीतिले सरोगेसको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।
आफू आमा बनेको कुरा प्रीतिले सामाजिक सञ्जाल इन्स्टाग्राबाट जानकारी गराएकी छन् । उनले लेखेकी छन्, ‘जीन र म आज निक्कै खुशी छौं । किनकि, आज हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई स्वागत गरेका छौं ।’
प्रीतिले जिन्दगीको नयाँ यात्रालाई लिएर निक्कै नै उत्साहित भएको पनि लेखेकी छन् । उनले लेखेकी छन्, ‘म डाक्टर र नर्सका साथै सबैलाई यो सुखद् यात्राका लागि धन्यवाद दिन चाहन्छु । सबैलाई धेरै माया ।’
प्रीतिले १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग सन् २०१६ फ्रेब्रुअरी २९ तारिखमा विवाह गरेकी थिइन् । विवाहको करिब ६ महिनापछि मात्र उनले विवाहको तस्वीर सार्वजनिक गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: