पुर्णपुष्टि, मंसिर २९ गते ।
काठमाण्डौ, मुलुकमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा २० दशमलव ४ प्रतिशतले रेमिट्यान्स बढेको छ । राष्ट्र बैंकका अनुसार साउनदेखि काक्तिकसम्म तीन खर्ब ७८ अर्ब चार करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको कात्तिकमा रेमिट्यान्स सात प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १० दशमलव ८ प्रतिशतले बढेर दुई अर्ब ९३ करोड पुगेको छ ।
वैदेशिक रोजगारीका लागि चार महिना यता श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ सय २ दशमलव ५ प्रतिशतले वृद्धि भइ एक लाख ९५ हजार एक सय ९६ जना पुगेको छ । त्यसैगरि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४६ दशमलव ४ प्रतिशतले वृद्धि भइ ८७ हजार चार सय २८ जना पुगेको छ ।
