Sunday, July 12News That Matters

दुई छुट्टा छुट्टै स्थानबाट ब्राउन सुगर सहित ४ जना पक्राउ

पूर्णपुष्टि, मंसिर २९

झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो झापाको मेचिनगर नगरपालिका–१० स्थितमा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङका २८ बर्षीय मनोज गिरी र ३० बर्षीय प्रमोद कुमार राउत रहेका छन् ।

लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले  WB74 BF 5817  नम्वरको स्कुटरमा सवार रहेका गिरी र राउतलाई संका लागि चेक जाँच गर्ने क्रममा उनिहरुको साथबाट ४३ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

त्यस्तै बिराटनगर महानगरपालिका–१६ मा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छथरजोरपाटी गाउपालिका–१ धनकुटाका २० बर्षीय मिङमा शेर्पा र धनकुटा नगरपालिका–१ का १९ बर्षीय सुमन तामाङ रहेका छन् ।

लागु औषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत बाट नेपाल आउदै गरेको प्रदेश १–०४–००१ प ३१०२ नमवरको मोटरसाईकलमा सवार रहेका शेर्पा र तामाङलाई ०.८५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।