Sunday, July 12News That Matters

मादक पदार्थ सेवन गरी ढुङ्गाले टाउकोमा हिर्काउदा श्रिमानको मृत्यु

पूर्णपुष्टि, मंसिर २९

तनहुँमा मादक पदार्थ सेवन गरी ढुङ्गाले टाउकोमा हिर्काउदा श्रिमानको मृत्यु भएको छ भने श्रिमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३६ वर्षकी सुशीला विक रहेकी छिन् ।

बुधबार राती घरायसी कारणले विवाद उत्पन्न हुँदा विकले आफ्नै श्रिमान ४० बर्षका मानबहादुर नेपालीको टाउकोमा ढुङ्गाले हिर्काएका थिए । ढुङ्गा प्रहारबाट गम्भिर घाईते भएका नेपालीको उपचारको क्रममा बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृत्यु भएको छ ।

उनिहरुको पोखरा महानगरपालिका–३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा बस्दै आएका थिए । सुशीलाले मादक सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । सुशीलालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको खड्काले जनाएको छ ।