Sunday, July 12News That Matters

विश्वकप फाईनलमा दुई पटकको विजेताबिच भिडन्त

पूर्णपुष्टि, मंसिर २९
कतारमा जारी २२औं संस्करण फिफा विश्वकपको फाईनलमा दुई पटकको उपाधि बिजेता बिच प्रतिस्पर्धा हुने भएको छ । पहिलो सेमिफाईल खेलमा अर्जेनटिनाले कोस्टारिकालाई ३–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

यी दुई टोलीबीच आइबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल लुसेल आएकोनिक स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ । त्यस्तै शनिबार तेस्रो स्थानका लागी मोरक्को र कोस्टारिका बिच प्रतिस्पर्धा हुनेछ । फाईनल पुग्ने दुबै टिमले २–२ पटक उपाधि जितेको छ । अर्जेन्टिनाले १९७८–१९८६ मा उपाधि जितेको छ भने फ्रन्सले १९९८–२०१८ मा उपाधि जितेको छ ।

अब आइतबार फाइनलमा जित्ने टिमले तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्नेछ । फाईनल पुग्ने दुई टिमले समुह चरणमा १–१ खेल हारेका छन् । अर्जेन्टिनाले समुह चरणको पहिलो खेलमा साउदिसँग अप्रत्यासित २–१ को हार बेहोरेको थियो भने फ्रान्स समुह चरणको तेस्रो खेलमा ट्युनिसियासँग १–० गोलले पराजित भएको थियो । त्यस यता दुबै टिमले सबै खेलमा जित निकाल्दैँ फाईनलमा स्थान पक्का गरेका हुन् ।

अर्जेन्टिनाको नतिजा

समूह चरण

साउदी अरेबियासँग २–१ ले पराजित

मेक्सिकोविरुद्ध २–० ले विजयी

पोल्याण्डविरुद्ध २–० ले विजयी

अन्तिम १६ मा अष्ट्रेलियाविरुद्ध २–१ ले विजयी, क्वाटरफाइनलमा नेदरल्याण्ड्सविरुद्ध पेनाल्टीसुटआउटमा ४–३ ले विजयी (२–२), सेमिफाइलमा क्रोएसिया विरुद्ध ३–० ले विजयी

 

फ्रान्सको नतिजा

समूह चरण

अष्ट्रेलियाविरुद्ध ४–१ ले विजयी

डेनमार्कविरुद्ध २–१ ले विजयी

ट्युनिसियासँग १–० ले पराजित

अन्तिम १६ मा पोल्याण्डविरुद्ध ३–१ ले विजयी, क्वाटरफाइनलमा इंग्ल्याण्डविरुद्ध २–१ ले विजयी, सेमिफाइनलमा मोरक्कोविरुद्ध २–० ले विजयी