Saturday, August 8News That Matters

४ लाख भारुसहित १ जना पक्राउ

पूर्णपुष्टि, असोज १८

कपिलवस्तुमा अवैध चार लाख भारुसहित एक जना पक्राउ परेको छ । कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याईएको चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको हो ।
नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका– २ निबासी ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा गुप्तालाई नियन्त्रमा लिई चेक जाँच गर्दा उनले लुकाइ छिपाई ल्याउँदै गरेको चार लाख भारतीय अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको रकममा  ५ सय दरका ४ सय थान र दुई हजारको नोट १ सय थान गरी भारु चार लाख रहेको छ । उक्त भारुको नेपालमा ६ लाख ४० हजार हुन्छ ।

पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।