Sunday, June 28News That Matters

भरतपुर अस्पतालमा कोरोनाबाट थप १ जना को मृत्यु

पूर्णपुष्टि, असोज १८

भरतपुर अस्पतालमा उपचाररत थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना संक्रमण देखिएका चितवन कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुष शुक्रबार साँझ भरतपुर अस्पताल भर्ना भएका थिए । उनको आइतबार बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

खोकी र श्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । उनलाई कोभिड आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

चितवनमा योसहित कारोना संक्रमणबाट ४२ जनाको मृत्यु भईसकेको छ । जसमध्ये चितवनका मात्रै २३ जनाको रहेकोे छ ।