
पूर्णपुष्टि, मंसिर १६
६० बर्षिय एक फ्रान्सेली नगरिक कृष्टियन सर्ज हेनरी नौगारेट पोखरा बाट सोमबार पक्राउ परेका छन् । उनलाई बाल यौन दूराचारको आरोपमा पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रशासन शाखाले जनाएको छ ।
पोखराको बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट उनलाई पक्राउ गरिएको छ । उनलाई बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडी बढाउने प्रयोजनार्थ आजै निजलाई जिल्ला प्रहरी कार्यालय कास्की, पोखरामा बुझाईएको सीआईबीले जनाएको छ ।
उनले ७ वर्ष, ८ वर्ष र १२ वर्षका ३ नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा फेला पारेको सीआईबीले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । यौन दुराचारमा परेका नाबालकलाई भने अभिभावकको जिम्मा लगाएको छ । ती फ्रान्सेली नागरिक गैर पर्यटकीय भिसामा नेपाल आएको पाइएको छ ।
