
पूर्णपुष्टि,चैत्र २१ । उदयपुरको गाईघाटमा “सहकारीको दिगोपन स्वनियमन र सुशासन” भन्ने नाराका साथ ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । मंगलवार त्रियुगा नगरपाकिला वडा नम्बर ११ स्थित कृषि विकास बैँकको भवनमा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको हो ।
बचत तथा ऋण जिल्ला सहकारी संघ लि.उदयपुरको आयोजना र त्रियुगा नगरपालिकाको सहयोग साथै नेपाल रेडक्रस सोसाइटी,उदयपुरको विशेष प्राविधिक सहयोगमा एक दिवसीय रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा २४ जना महिला सहित २९ जना पुरुष गरी ५३ जनाले प्रत्यक्ष रक्तदान गराएको बचत तथा ऋण जिल्ला सहकारी संघ लि.उदयपुरका अध्यक्ष सरोज कुमार बस्नेतले बताउनुभयो दिनुभयो ।
बिहान ७ बजे देखि सुरु गरिएको कार्यक्रममा बिभिन्न सरोकारवाला निकाय साथै सहकारी संघका सदस्यहरुको उपस्थितिमा दिउँसोको करिव २ बजे समापन गरिएको थियो ।
