
पूर्णपुष्टि,मंसिर ९
६ बर्षिय बालिका हत्याको आरोपमा पक्राउ परेका अरुण कुमार शाहको घरमा स्थानीयहरुले आगजानी गरेको छ । स्थानीयहरुले मंगलबार उनको घरमा आगजानी गर्नुका साथै तोडफोड समेत गरे । हत्याको कारण र निष्पक्ष छानविनको माग गर्दै स्थानीयहरुले शाहको घर तोडफोड सँगै आजानी गरेको हो । महोत्तरीको बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा २५ वर्षीय साहलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो ।
बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेपछि हत्याको आरोपमा पक्राउ परेकाको साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।
बर्दिवास नगरपालिका–१४ बस्ने शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव बोरामा पोको पारेको अवस्थामा सोमबार घर नजिकै फेला परेको थियो । उनी आइतबारदेखि बेपत्ता थिइन् ।
बालिका हत्याको बिरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरूको लाम लागेको छ ।
स्थानीयले बाटो अवरुद्ध गरेका कारण आगो निभाउन दमकल आए पनि आग्लागी भएको स्थानसम्म पुग्न सकेको छैन । प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा परिचालन गरिएको छ ।
बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका साहले बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसको जानकारी पाउना साथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।
