
पूर्णपुष्टि, वैशाख २२ गते ।
मोरङ जिल्लाको ग्रामधान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । ग्रामथान गाउँपालिका–५ बस्ने ५४ वर्षीय रूपेश कुमार तामाङसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँ र कौडासहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
