७ वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

पूर्णपुष्टि, मंसिर ६
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छ । म्याग्दीको मंगल गाउँपालिका–५ का ४७ वर्षीय थमबहादु बिकलाई बालिका करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
चलचित्र देखाउने बहना बनाएर ललाई फकाई करणी गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको टोलीले बिकलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङ्गका अनुसार बिकविरुद्ध आइतबार म्याग्दी जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको म्याद थप गरिएको छ ।
२०७८ कात्तिक १८ गते दिउँसो १ बजेको घटनाको विषयमा प्रहरीलाई मंसिर ४ गते शनिबार मात्र खबर आएको थियो । मुलुकी अपराध संहिता २०७४ को परिचछेद १८ को दफा २१९ को उपदफा (३) (क) बमोजिम दश वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेमा जन्मकैदको सजाय हुने कानूनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: