Friday, August 7News That Matters

८१ कुकुरलाई खोप लगाईयो https://purnapusti.com/content/21308.html

पूर्णपुष्टि, १२ असोज ।

कटारी /आज १४ औं विश्व रेविज दिवश उदयपुरको कटारीमा पनि मनाईएको छ । प्राणघातक रेविजलाई बुझौं , आ आप्mना घरपालुवा कुकुर विरालोलाई रेविज विरुद्धको खोप लगाऔं , र यसलाई परास्त पारौं भन्ने नाराका साथ कटारी नगरपालिकाको पशु विकास शाखाको आयोजनामा कटारीमा पनि दिवश मनाईएको हो ।

दिवशको अवसरमा शाखाले कटारीमा निशुल्क रेविज विरुद्धको एकदिने खोप शिविर सञ्चालन गरेको थियो । शिविरमा ८१ वटा कुकुरलाई निशुल्क खोप लगाईएको शाखाले जनाएको छ । कार्यक्रमको नगरपालिकाका उपमेयर भिमकुमारी राउतले उदघाटन गर्नुभएको थियो ।कार्यक्रम उदघाटन गर्दै उपमेयर राउतले प्राणघातक रोगबाट बच्न सवैले रेविज विरुद्धको खोप घरपालुवा कुकुर विरालोलाई लाउनु पर्ने बताउनुभयो । त्यसैगरी वडा सदस्य हृदय तामाङ्गले यसबाट वच्न जनचेतना पैmलाउनु पर्ने बताउनुभएको थियो ।