८१ वर्षीय वृद्धको घाटी काटिएको अवस्थामा शव फेला

पूर्णपुष्टि, मंसिर ९
सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का एक ८१ वर्षीय वृद्धको शव घाटी काटिएको अवस्थामा फेला परेको छ । मिश्रीलाल मण्डलको शव घाँटी काटिएको अवस्थामा गाउँ नजिकैको फुलबारीमा फेला परेको हो ।
मण्डल घरबाट बिहानै सखडा बजारतिर निस्किएका थिए । उनको झौखराही नामको फुलबारीबाट दिउँसो ४ बजेतिर शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो । हत्या के कारणले भएको यकिन नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: