९ वर्षीय बालक चर्चभित्र झुण्डिएको अवस्थामा फेला

पूर्णपुष्टि, पुष ४
नौं वर्षीय बालक चर्चभित्र झण्डिएको अस्थामा मृत फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित चर्चमा नौं वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।
बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको थियो ।
घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: