
पूर्णपुष्टि, असोज १८
¥याफ्टिङका क्रममा सुनकोसीमा खसेर एक जनाको ज्यान गएको छ । दोलखाकोमेलुङ गाउँपालिका–४ का २२ वर्षीय साजन खड्काको आज ¥याफ्टिङ गर्ने क्रममा ज्यान गएको हो ।
सुनकोसी नदीको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित डुम्रे खण्डमा उनी डुङ्गाबाट नदीमा खसेका थिए । नदीमा खसेर बेपत्ता भएका उनको २ घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
