Monday, April 20News That Matters

¥याली सहित उदयपुरमा पनि भुकम्प सुरक्षा दिवस मनाईयो

 गाईघाट/माघ, २

२२ औँ भुकम्प सुरक्षा दिवसलाई गाईघाटमा प्रभातफेरी ¥यालीका साथ बिहिवार मनाइएको छ । दिवसलाई बजार परिक्रमा सँगै पिपलचोकमा कोणसभा गरी सम्पन्न गरिएयो ।

“भुकम्पबाट सुरक्षित पूर्वधार दिगो सुख र समृद्धिको आधार” भन्ने नारा सहित भुकम्पको क्षेति बारे नागरिकहरुलाई बुझाउँदै कुनै पनि बेला आउने भुकम्पबाट सुरक्षित हुन कार्यक्रमको आग्रह गरेको छ ।

कोणसभामा उपस्थितिहरुले भुकम्पले मान्छे नमार्ने तर हामिले बनाएको कम्जोर संरचनाले मान्छे मार्ने कुरा बुझाएको छ । हामिले आफ्नो घर अन्य संरचनाहरु भुकम्पप्रतिरोधात्मक बनाउने हो भने जन धन बाट बच्न सकिने कुरा बताए ।जिल्ला विपद् व्यवस्थापन उदयपुरको आयोजना, नेपाल रेडक्रस सोसाईटी प्रदेश नं १ र त्रियुगा नगरपालिकाकाको समन्वय सहयोगमा दिवस सम्पन्न गरिएको छ । दिवसमा सुरक्षा निकाय, संघसंस्था, पत्रकार, नागरिक, कर्मचारी, लगाएतको उपस्थिति रहेको थियो ।