
पूर्णपुष्टि, असार १४ ।
उदयपुरको बेलका नगरपालिकामा स्थापना हुदै गरेको अक्सिजन प्लान्टका लागि महत्वपूर्ण सहयोगहरु जुट्दै गएको छ । यसैक्रममा सेवा फाउन्डेशन नेपालले अक्सिजन प्लान्ट निर्माणका लागि बेलका नगरपालिकालाई तीस लाख रुपैया प्रदान गरेको छ ।
४० वर्षदेखि अन्धोपन निवारणका लागि नेपाल सरकार र नेपाल नेत्रज्योती संघसंग सहकार्य गर्दै आएको सो संस्थाले मानव जीवनको रक्षा गर्ने महान कार्य भन्दै सहयोग गरेको हो । कोभिड महामारीमा धेरै जसो संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेको अवस्थालाई मध्येनजर गर्दै अवकां दिनमा अक्सिजनका कारण कसैको ज्यान नजाओस् भन्दै संस्थाले सहयोगको निर्णय गरेको संस्थाका कार्यक्रम निर्देशक रामप्रसाद कडेलले जनाउनु भएको छ ।
संस्थाले विज्ञप्ती नै जारी गर्दै यस कार्यको संयोजक बेलका नगरपालिका मेयर दुर्गाकुमार थापा, समन्वयकर्ताहरु तथा संस्थाका निर्णायक्पूकतहलाई धन्यवाद ज्ञापन गरिएको छ ।
यसैगरी केयर नेपालले पनि प्लान्ट निर्माणका लागि १० लाख रुपैया सहयोग गरिसकेको छ । प्लान्ट निर्माण कार्यको प्रशंसासहित संस्था तथा ब्यक्तिहरुले संस्थागत तथा ब्यक्तिगत सहयोग गरिरहेको मेयर थापाले जानकारी दिनुभयो । 
