Thursday, June 11News That Matters

बुसान शाखा एनआरएन दक्षिण कोरियाको अध्यक्षमा उदयपुरे युवा बिबिन्द्र राई निर्वाचित

पूर्णपुष्टि, असार १४

गैरआवासीय (एनआरएन) दक्षिण कोरिया बुसान ख्यङसान शाखाका अध्यक्षमा उदयपुरे युवा बिबिन्द्र राई निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ शाखाको चौथो अधिवेशन बाट निर्बिरोध चुनिनु भएको हो ।

उहाँ लगायत २३ सदस्यीय कार्यसमिति चौथो अधिवेशनले निर्माण गरेको छ । नव चयन समितिका उपाध्यक्षहरु सानुराज मगर, सुबोध भण्डारी, साजन थापा र योगिता गौतम रहेका छन् । त्यस्तै सचिव गोकुल पौडेल, सहसचिव राम पौडेल, कोषाध्यक्ष संजीव बुढाथोकी, सहकोषाध्यक्ष राम पौडेल चयन भएका छन् भने बिमल बानियाँ, ओम भण्डारी, दिल रसाईली र शिव विश्वकर्मा सदस्य रहेका छन् ।

रोजगारको शिलसिलामा लामो समय देखि दक्षिण कोरियमा रहेका राई उदयपुर सेवा समाज द कोरियाको  संस्थापक महासचिव समेत हुन । राईले पहिले देखिनै कोयिामा रहेर नेपाल र नेपालीहरुको हकहितमा समेत समाजिक सहयोगहरु प्रस्स्त गर्दै आउनु भएका थिए ।

राईले आफुलाई विश्वास गरी यती ठुलो जिम्मेवारी दिनुहुने सम्पूर्ण सहयोगीहरु प्रति धन्यवाद व्यक्त गर्नुभएको छ । यो जिम्मेवारीलाई कुनै पनि हिसावले सफल बनाउन र गैरआवसीयहरुको हकहितका लागि कुनै पनि कामहरु कसुर नराख्न दिन रात मैदानमा उत्रिने बताउनुभयो । शाखाको नेतृत्वमा पुग्दै गर्दा राईले भन्नुभयो” संस्थाको विधि बिधानमा रहि तपाईंहरुको मनोभावनालाई कदर गर्दै बल बुद्द्दी र बिबेकले भ्याएसम्म हामी खट्ने छौं, डट्ने छौँ तर थाकेर हट्ने छैनौँ ।  मैदानमा पठाईसक्नु भएको छ , तपाईंहरुकै सल्लाह , सुझाब र मार्गनिर्देशन लाई अनुशरण गर्दै अगाडि बढ्ने प्रतिबद्धता ब्यतm गर्दर्छौ उहाँले भन्नुभयो ।

दक्षिण कोरियाको राजधानी सउल पछि दोश्रो ठूलो शहर बुसान र यसको आसपासमा रहेको किम्हे, मिर्याङ, छाङ्वन, मासान , जिन्जु, गजेदो , थेगु , उल्सान लगाएत समेटिएको यो ख्याङ्साङ क्षेत्रमा नेपाली हरुको बाक्लो उपस्थिति र थुप्रै सामाजिक सङ्घ संस्थाको  सक्रियता रहेको र  यस क्षेत्रका ल्च्ल्ब् लाई बिशेष रुपमा हेरिएको हुँदाहुँदै ठूलो क्षेत्र, धेरै जनसङ्ख्या, फरक मत , बिभिन्न संघ सस्थाको बढ्दो सक्रियतामा पनि ल्च्ल्ब् लाई विवादरहित एउटा नेतृत्व र कार्यसमिति चयन गर्न सक्नु यस क्षेत्रको सबैभन्दा सुन्दर पक्ष रहेको राईले बताउनुभयो । उहाँले चौथो अधिबेशनबाट आफु र आफ्नो टिमलाई  बिश्वास गरेर फिल्डमा उतार्नु हुने कसैलाई पनि निराशा नबनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।