Thursday, June 11News That Matters

काठमाण्डौँमा मुख्यमन्त्री राईको सम्पर्क कार्यालयको घरभाँडा मासिक साडे ३ लाख, बार्षिक ४२ लाख १८ हजार

पूर्णपुष्टि, असार १४

१ नं प्रदेशको मुख्यमन्त्री शेरधन राईको काठमाण्डौँमा रहेको आवासीय सम्पर्क कार्यालयको घर भाँडा बापत प्रदेशको स्रोत बाट ४२ लाख १८ हजार खर्च भईरहेको छ । मासिक ३ लाख ५१ हजार ५ सय रुपयाँ तिर्दै आएको भाडा बर्षमा ४२ लाख बढी प्रदेशको स्रोत भाडा वापत खर्च हुने गरेको छ ।

करिब दुई वर्ष अघि स्थापना भएको कार्यालयको वार्षिक भाडा बापत प्रदेशको स्रोतबाट ४२ लाख १८ हजार रुपैयाँ खर्च भइरहेको स्रोतले जनाएको छ । तर सम्पर्क कार्यालयमा मुख्यमन्त्री राई विरलै मात्र पुग्छन् । कार्यालय रुङ्नका लागि प्रदेश सरकारले एक जना कर्मचारी राखेको छ । मुख्यमन्त्री काठमाडौं जाँदा सहजताका लागि भन्दै एक जना हलुका सवारी चालक पनि राखिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी क्षितिज भट्टराईका अनुसार काठमाडौं महाराजगञ्ज स्थित शर्मिला पाण्डेको घर भाडामा लिएर मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिएको छ ।

काठमाडौंमा संघीय सरकारले मुख्यमन्त्रीहरुलाई आवासका लागि अपार्टमेन्टको व्यवस्था गरेको छ । तर आवास र कार्यालय प्रयोजनका लागि भन्दै महँगोमा घर भाडा लिइएको हो ।