Wednesday, June 10News That Matters

नेशनल लाईफ इन्स्योरेन्स गाईघाटशाखाले प्राण घातक रोग बिमा बापत ५ लाख उपचार खर्च दियो

पूर्णपुष्टि, असार १४

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले प्राण घातक रोग बिमा अन्तरर्गत उदयपुरका एक मुटु रोगी बिमारीलाई ५ लाख बराबरको बिमा बापतको उपचार खर्च प्रदान गरेको छ । त्रियुगा नगरपालिका ५ देउरीका हरी विनोद खतिवडालाई प्राण घातक रोग बिमा बापतको भुक्तानी प्रदान गरिएको शाखा प्रमुख पे्रम कुमार राईले बताउनुभयो ।

५ लाख बराबरको प्राण घातक रोग बिमा गरेको खतिवडाले गत बर्ष मात्र वार्षिक कम्पनीमा रु, ५६९३२ रुपयाँ जम्मा गरेका थिए ।

कम्पनीको टोलीले खतिवडाको घरमै गएर ५ लाख बराबरको चेक प्रदान गरेको थियो । मुटु रोगले ग्रसित खतिवडा दुई महिना अघि मात्रै मुटुको सर्जरी गरी अहिले सामान्य अवस्थामा फर्किसकेको छ ।उपचार खर्च पाएका खतिवडाले बिमा बाट पाएको यो सहयोग र बिमाले दिएको यो सुविधा रोग पिडितहरुका लागि अति उपयुक्त रहेको जनाउनुभयो । उहाँले मानव जिवनको जोखिम बहन गर्ने प्रमुख सेक्टर नै विमा रहेको बताउनुभयो ।आईतबार कम्पनीका गाईघाट शाखा प्रमुख राईले खतिवडालाई चेक प्रदान गर्दै अमुल्य जिन्दागीको मुल्याङकन गर्ने एक महत्वपूर्ण क्षेत्र नै बिमा रहेको बताउनुभयो । विमा कुनै पनि व्यक्ति, परिवार, समाज र राष्ट्रको समेत जोखिम न्युनिकरण गर्ने सेक्टर रहेको उहाँले बताउनुभयो ।