Tuesday, June 30News That Matters

अख्तियारमा २५ हजार उजुरी

पूर्णपुष्टि, साउन २

आर्थीक वर्ष २०७६/७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २४ हजार ८ सय ९० वटा उजुरी परेको छ । त्यसमध्ये १६ हजार ५ सय ८६ वटा उजुरी फर्छ्योट भईसकेको छ ।

गत आर्थिक वर्षमा प्राप्त भएका उजुरीमध्ये ६६.६४ प्रतिशत उजुरी फर्छ्योट भएको छ । त्यस्तै आयोगले गत आर्थिक वर्षमा एक सय ४१ वटा मुद्दा विशेष अदालत काठमाण्डौमा दायर गरेको छ । अदालतबाट ८४.८ प्रतिशत मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम गरिएको छ ।

एक सय ४१ वटा मुद्दामध्ये सबैभन्दा धेरै घुस लिएको दुई सय ६ वटा, सार्वजनिक सम्पतिमा नोक्सानी पु¥याएको ७४ वटा र नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकोमा चार  वटा घटना रहेका छन् ।

घुस लिएबापत अख्तियारले एक सय ८१ जनालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा राष्ट्रसेवक कर्मचारीहरु दुई सय ८ जना, बिचौलिया १५ जना र १४ जना निर्वाचित मनोनित पदाधिकारी रहेका छन् । राष्ट्रसेवक कर्मचारीमध्ये दुई जना विशिष्ट श्रेणीका रहेको आयोगले जनाएको छ ।