
नेपालमा आज थप एक सय एक जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
-*-
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघे । शुक्रबार बिहानसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख ५ हजार ६ सय ३७ पुगेको वल्डोमिटरले जनाएको छ ।
-*-
आर्थीक वर्ष २०७६/७७ मा आन्तरिक राजश्व करदाता सेवा कार्यालय गाईघाटले करिव ६३ करोड कर संकलन । कोरोना कहर विच कार्यालयले ६२ करोड ९९ लाख ७४ हजार पाँच सय २८ रुपैया १८ पैसा कर संकलन भएको हो ।
-*-
नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको बाँधले नेपाली भूमि डुबानमा परेको विषयमा नेपालले भारतीय पक्षसँग वार्ता गर्ने । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयका उच्च अधिकारीलाई बोलाएर बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समितिको बैठक तत्काल डाक्नेबारे भारतीय पक्षसँग छलफल गर्न निर्देशन दिनुभएको छ ।
-*-
आर्थीक वर्ष २०७६/७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २४ हजार ८ सय ९० वटा उजुरी परेको छ । त्यसमध्ये १६ हजार ५ सय ८६ वटा उजुरी फर्छ्योट भईसकेको छ ।
-*-
प्रहरीमाथी गोली प्रहार गर्ने दुई जना सुनसरीको देवानञ्जबाट पक्राउ । देवानञ्ज गाउँपालिका–३ पानीट्याङकीमा प्रहरीमाथि गोली प्रहार गर्ने दुई जनालाई स्वालित पेस्तोलसहित पक्राउ गरेका हुन् ।
-*-
भारतबाट सलहका अरु झुण्ड पनि नेपाल आउने सम्भावना बढे । भोलिदेखि हावाको दिशा दक्षिण पश्चिमबाट उत्तर पूर्वी क्षेत्रतर्फ बहने भएकाले भारतको राजस्थानमा रहेका सलहको अरु केही झुण्ड नेपाल आउने सम्भावना बढेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको हो ।
-*-
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा पर्ने खोरको मुखमा पहिरोले घर पुरिंदा ३ जनाको मृत्यु । अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोले प्रेमराज बिकको घर पुरिंदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
-*-
पूर्वी नवलपरासीमा मोटरसाईकललाई गाडीले ठक्कर दिदा एक जनाको मृत्यु । विनयी त्रिवेणी गाउँपालिका–२ मा गतराति गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
-*-
आज नेकपाको स्थायी कमिटीको बैठक । गत असार १७ गतेदेखि ४ पटक स्थगित भएको स्थायी कमिटि बैठक आज विहान ११ बजे बस्ने भएको हो ।
-*-
सिद्धार्थ राजमार्ग अन्र्नगत पर्ने पाल्पा – पाल्पा–बुटवल सडक अवरुद्ध । अविरल वर्षासँगै आएको पहिरोले तानसेन ८, गौडेपुलमा बिहान साढे ५ बजेदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
-*-
आगामी आईतबारदेखि पुनः मनसुन सक्रिय हने । मनसुन सक्रिय भएपछि बाढी पहिरोको जोखिम हुने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
-*-
आज सुनचाँदीको भाउ आज घटे । सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
-*-
सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु । देवानगंज–२ मुसरी टोल बस्ने २० बर्षीय महबुज अन्सारीको करेन्ट लागेर मृत्यु भएको हो ।
-*-
मोरङको केरावारी गाउँपालिकाका अध्यक्षलाई कुटपिट गर्ने एक जना पक्राउ । गाउँपालिका अध्यक्ष ४० बर्षीय रोहित कार्कीलाई कुटपिट गर्ने भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
-*-
मोरङबाट लागुऔषधसति दुई जना पक्राउ । बिराटनगर महानगरपालिका–१२ बाट नियन्त्रीय लागुऔषध सहित २ जना पक्राउ परेका हुन् ।
-*-
मोरङमा कुलामो डुबेको अवस्थामा एक बालक मृत फेला परेको छ । पाँचथरको मिक्लाजुङ–२ घर भई मोरङको केरावारी गाउँपालिका–७ मा रहेको मावली घर आएका हर्क बहादुर लिम्बुको ३ बर्षीय छोरा बियन लिम्बु घर नजिकै रहेको कुलोमा मृत फेला परेको हो ।
-*-
स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले चुमे । गतराति भएको खेलमा भिल्लारियललाई २–१ गोलले अन्तरले हराउँदै रियलले इतिहासमा ३४ औं पटक लिगको उपाधि चुमेकोे हो ।
