Friday, April 17News That Matters

अग्नि पिडितलाई सस्थाको आर्थिक सहयोग

मिलन परियार
लिम्चुङ्बुङ, चैत २३

उदयपुरको रौतामाई गाउँपालिका–३ भोर्लाबासका अग्नि पिडितलाई जाल्पा एकिकृत विकास समाजले उदयपुरले आर्थीक सहयोग गरेको छ ।

रसुवा खोलाको कौसिका सामुदायिक बनमा लागेको डढेलो गाउँ पस्दा टंक बहादुर नेपाली र उमेस नेपालीको घर जलेर नष्ट भएको थियो । उनीहरुलाई वर्ल्ड भिजनको सहयोग र जाल्पा एकीकृत बिकास समाज उदयपुरको आर्थिक सहयोगमा खाधान्न सहयोग हस्तान्तरण गरेको जाल्पाले जनाएको छ ।

प्रत्येक घरलाई ३० केजी चामल, २/२ केजी नुन, दाल, चिनी, २ लिटर तेल र सरसफाइको सामाग्री र लत्ताकपडाका दरले सहयोग गरेको जनाएको छ । सोही सहयोग सामाग्री रौतामाई गाउँपालिका–३ का वडा सदस्य सर्बजित राईले हस्तान्तरण गर्नु भएको छ ।

आपतविपत्तमा संस्थाले गरेको सहयोग प्रती पीडित परिवार खुसी भएका छ्न । डढेलोले घर खरानी भएपछि छिमेकीकोमा बसिरहेका छन् ।