
पूर्णपुष्टि,चैत २३
वितेको २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना भाईरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । ४५ सय ३६ जनाको पीसीआर परीक्षणमा २ सया ६६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपमलमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ ।
मन्त्रालयका अनुसार वितेको २४ घन्टामा १ सय २ जना कोरोना मुक्त भएका छन् । यो सहित कोरोना जितेर घर फर्किनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ पुगेको छ । यस्तै वितेको २४ घन्टामा कोरोनाबाट थप ४ जनाको ज्यान गएको छ । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ । मन्त्रालयका अनुसार हाल ६४ जना क्वारेन्टाइन र १ हजार ८ सय ३२ जना आइसोलेनमा रहेका छन्।
पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढेको र त्यसको जोखिम नेपालमा पनि रहेको औल्याउँदै सीमानाकामा स्वास्थ्य जाँच कडा पार्न लागिएको हो । मन्त्रालयका अनुसार हालसम्म विभिन्न छ वटा नाकामा डेल्थ डेस्क राखिएको छ । पछिल्लो समय कंचनपुर नाकाबाट नेपाल आएका १ सय ८० जनामा कोरोना पोजिटिभ देखिएको छ ।
भारतबाट आएका ४ हजार ४ सउ ४५ जनाको कोरोना परीक्षण गरिएको थियो । वितेको २४ घन्टामा मात्रै भारतबाट आएका ९ सय ७२ जनाको कोरोना जाँच गराउँदा ३७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
