
पूर्णपुष्टि,चैत २३
मकवानपुरमा जङ्गलमा लागेको आगो घरसम्म पुग्दा एक महिलाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय ६९ वर्षीया हस्तमाया सिन्तानको आज बिहान ज्यान गएको हो ।
प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका श्रीमती हस्तमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै उक्त आगलागीमा परेर उनको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको बताइएको प्रहरीले जनाएको छ ।
