
पूर्णपुष्टि, असार ४ गते ।
अछाम थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अछाम जिल्लामा संक्रमितको संख्या ५१ पुगेको छ ।
अछामको साँफेबगर नगरपालिकाका ६ जना र मेल्लेख गाउँपालिकाका २३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाण्डौको टेकु प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको अछाम अस्पतालले जनाएको छ ।
अहिलेसम्म अछाम जिल्लाका ५१ संक्रमित मध्ये ७ जना उचपारपछि निको भएरका छन् ।
