Friday, May 22News That Matters

कोरोना संक्रमित विराटनगरबाट ३९ जना डिस्चार्ज

पूर्णपुष्टि, असार ४ गते । 

मोरङको विराटनगरबाट ३९ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । गोठगाउँमा रहेको  पूर्वाञ्चल विश्वविद्यालयको  आइसोलेशन केन्द्रमा उपचार गराइरहेका १ सय १६ जनामध्ये ३९ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा झापा, मोरङ, सुनसरी र भोजपुरका १५ देखि ४७ बर्ष उमेर समूहका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

१ न. प्रदेशमा संक्रमितको संख्या ४ सय १६ पुगेको छ भने अहिलेसम्म उचपारपछि निको हुनेको संख्या २ सय १६ छ ।

१ न. प्रदेशका जिल्लाहरु मध्ये सबैभन्दा बढी झापा जिल्लामा १ सय ७६ जना संक्रमित छन् भने मोरङमा  १ सय २ पुगेको छ ।  सुनसरीमा ६२ पुगेको छ भने उदयपुरमा ४७ , धनकुटामा ८ , भोजपुरमा ६, खोटाङमा ४, सोलुखुम्बुमा १ , संखुवासभामा २, इलाममा २ जना र तेह्रथुममा २ जना संक्रमित रहेको प्रदेश सरकारले जनाएको छ ।