Wednesday, June 3News That Matters

अजरबैजान र अर्मेनियाबीच युद्धविरामको सहमति

पूर्णपुष्टि, कात्तिक २

अजरबैजान र अर्मेनियाबीच मानविय युद्धविरामको सहमति भएको छ ।
विवादित नार्गोनो काराबाग क्षेत्रमा २१ दिन चलेको युद्ध रोक्नको लागि दुई देशबीच युद्धविरामको सहमति भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
दुवै देशले आधा रातदेखि युद्धविराम सुरु भएको जनाएको छ । यसअघि गत हप्ता पनि अर्मेनिया र अजरबैजानबीच युद्धविरामको सहमति भए पनि कार्यान्वयन भएको थिएन ।