
पूर्णपुष्टि, कात्तिक २
सिद्दिचरण लोकमार्ग अन्र्तगत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भीरमा गतराती भएको स्कारपिओ दुर्घटनामा मृत्यु भएका सवैको पहिचान खुलेको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने तीन जना घाईते भएको थिए ।
दुर्घटनामा मृत्यु भएका पाँच जनामध्ये थप तीन जनाको पनि पहिचान खुलेको छ । प्रहरीका अनुसार, पहिचान खुल्न बाँकी रहका तीन जना ओखलढुङ्गाको मानेभञ्ज्याङ् गाउँपालिका–९ का २६ वर्षीया कुमारीमाया सार्की, २३ वषीय पदमबहादुर सार्की र ४० वर्षीय खड्गबहादुर सार्की रहेको जनाईएको छ ।
यसअघि मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्ण सार्कीको मात्र पहिचान खुलेको थियो ।
भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२० च ७१७१ नम्बरको राती १२ बजे सडकबाट करिब ९ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते छन् । उनीहरुलाई कटारी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि बिराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

