
कात्तिक २५ गते ।
कैलालीको घोडाघोडीमा अज्ञात समुहले गतराती एउटा बसमा आगजनी गरेको छ । घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको बसमा आगजनी गरेको प्रहरीले जनाएको हो ।
अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ ।
केही दिनअघिदेखि बाटो छेउमा पार्किङ गरी राखिएको ना४ख ७३५० नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
