
पूर्णपुष्टि, कात्तिक २५ ।
सिमा विवाद चर्किएको यस अवस्थामा कालापानीमा सुरक्षा पोस्ट राख्ने तयारी भइरहेको छ । सिंहदरबारमा राज्य ब्यवस्था समितिको बैठकमा आज गृहमन्त्री रामबहादुर थापाले यस्तो जानकारी दिनुभएको हो । दार्चुलामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रहेपनि विवादित भूमिमा सुरक्षापोष्ट थप गर्न लागिएको जानकारी मन्त्री थापाले दिनुभयो । समितिका सदस्यहरुले सीमा मिचिएको विषयको छलफल कर्मचारी तवरबाट नगरी उच्चस्तरीय राजनीतिक तवरबाट खोज्न सुझाव दिएको जनाइएको छ ।
