
पूर्णपुष्टि, कात्तिक २५ ।
सत्तारुढ नेकपाको केन्द्रिय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकायलाई जिम्मेवारी सुम्पेको छ । त्यस्तै लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई जिम्मा लगाएको छ ।
केन्द्रिय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल रहेका छन् भने केन्द्रिय सल्लाहकार कमिटिमा केशब बडाल र सचिवमा नन्दकुमार थापा रहेका छन् । त्यसैगरी जेष्ठ कम्यूनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवाली छानिएका छन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभिन्न निकायको नेतृत्व टुंग्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।
